Graphic Designer


Sirish Chaudhary

In office time. enjoy the life.

Enjoy with Friends

Friends are most be honest. i think that.

Friend forever

Enjoy with friends.

Ram Kumar Tharu

Graphic Designer

My smile

Hi guys how are you ?

Monday, May 25, 2020

दलित हुनुको पीडा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान


बुटवल  ।   दुई दिन यता दलित समुदायका एक  युवा र  एक किशोरीले चरम जातीय विभेदको ज्यादती खेप्दै अकालमा ज्यान गुमाउनु परेको छ । प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा दलित समुदायका एक युवा  र  एक किशोरीले अन्तरजातीय प्रेम सम्बन्धका कारण  जातीय विभेदको ज्यादतीको शिकार हुनुपरेको हो ।
रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी अङ्कारा पासीले बेहुली बनेकै दिन जातीय विभेदको ज्यादती कै कारण झुन्डिएको अवस्थामा मृत भेटिइन् भने उता कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले पनि जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध कै कारण भेरी नदीमा मृत फेला पर्नुपरेको हो ।
देवदहकी अङ्घिरा पासीले स्थानीय २२ वर्षीय वीरेन्द्र भरसँग प्रेम सम्बन्ध रहेको थियो । गत जेठ  ९  गते उनीहरुलाई स्थानीयले सँगै फेला पारेका थिए ।  त्यसपछि त्यस  वडाका वडाध्यक्ष अमरबहादुर चौधरी लगायतका समाजसेवीले ति किशोरीलाई  प्रेमी भर कै जिम्मा लगाएर घर पठाएका थिए ।
घरमा भित्रिएपछि भरकी आमाले लुछ्ने, कुट्ने, कपडा च्याति दिने गरेको बताइन्छ । अन्ततः शनिवार  सोही वडाको रोहिणी खोलाको रुखमा ती किशोरी झुन्डिएर मृत फेला परेको देवदह ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक महतले जानकारी दिए ।
यता, किशोरीका बाबु वलिराम पासीले भने छोरीको हत्या गरि सुनियोजित रुपमा रुखमा लगेर झुण्ड्याइएको दावी गरे । यस घटना वडाध्यक्ष चौधरी कै कमजोरीका कारण घटेको दलित अधिकारकर्मीहरूको आरोप छ ।
जोबेहुला बनेरगए,लासबनेरआए
गत शनिवार साँझ प्रेमिका लाई बेहुली बनाएर घर भित्र्याउने सपना साँचेर जाजरकोटबाट रुकुम पश्चिमा हिँडेका  नवराज बिकको त्यो सपना माया प्रेमका दुश्मनहरुले चकनाचुर पारिदिए । आज उनी  लास  बनेर अस्पतालको शवगृहमा छन् । उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आइतबार साँझ  भेरी नदीमै मृत फेला परेका छन् ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४  रानागाउँका २१ वर्षीय विकले रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की  १७ वर्षीया अञ्जली मल्ल  (नाम परिवर्तन )  सँग प्रेम सम्बन्ध थियो ।
उनकी प्रेमिकाले घरदेखि तल लिन आउनु भनेपछि नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आक्रमणबाट भागेर बाँच्न सफल महेश कार्कीले बताए  ।
अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, 'नवराज उमेरमा मेरो दाजु पर्छन् । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम सम्बन्ध छ भन्ने कुरा मलाई पनि थाह थियो । शनिवार साँझ त्यही केटी लिन जाँदैछौं आउनुप-यो भनेर बोलाएपछि हाम्रो टोलबाट ६ जना गयौँ । त्यहाँ पुग्दा अरु १० जना जम्मा भइसकेका रहेछन् ।  त्यसपछि अरु तीन जना थपिए पछि  १९ जना भएर गयौँ ।  सबैलाई दाई ( नवराज ) ले बेहुली लिन जानुप-यो  भन्दै हुनुहुन्थ्यो ।'
केटीको घरमा नपुग्दै माथि घरबाट आफूहरुमाथि ढुंगामुढा भएको सुनाए ।
'मैले ती युवतीको घर देखेको थिएन । उनलाई चिनेको भने थिएँ । उनको घरदेखि तलबाट बाटोमा पुग्न साथ माथि घरबाट एक्कासी एउटी महिला चिच्याएको आवाज आयो । साला फेरि  आए डुमहरु...... तिमीहरुलाई आज मारेरै छाड्नुपर्छ भन्दै चिच्याएपछि अरु दुई तिन जना मानिसहरु देखिए,' उनले भने, 'उनीहरुले माथि घरबाट ढुंगा मुढा गर्न थालेपछि हामी भाग्यौँ । रात परिसकेको थियो । त्यसक्रममा  पछाडि फर्केर हेर्दा  गाउँ नै उर्लिएर आएको देख्यौँ । दायाँबायाँ लुक्ने भाग्ने ठाउँ थिएन । भेरी नदीतिर भाग्यौँ ।  १९ जना मध्ये भेरी नदीमा हाम्फाल्ने ११ जना थियौं । ५ जना नदी तर्न सफल भयौं ।
कार्कीका अनुसार नदीमा हाम फालेका ६ जना बेपत्तामध्ये दुई जनाको मृत्यु भइसकेको छ । केही साथीहरुलाई गाउँलेहरुले कुटेर प्रहरीमा बुझाए  । नदीमा हाम्फाल्दासम्म माथिबाट ढुंगा बर्साउँदै थिए ।  
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले आफू ती किशोरी र बाबुआमालाई नियन्त्रणमा  लिई बयान लिइरहेको उनले बताए  ।
उनीहरुबीच प्रेम सम्बन्ध रहेको पाइएको र घटनाको अनुसन्धान भइरहेको बताए ।  उनका अनुसार यो समाचार तयार पार्ने बेलासम्म बेपत्ता अझै फेला परेका छैनन ।
यहाँबाटसुरुहुन्छयीजोडीकोप्रेमसम्बन्ध
मृतक बिकका परिवारजनका अनुसार गत पुस महिनामा रुकुममा आयोजना गरिएको महोत्सवले जुराएको  थियो त्यो जोडीको पहिलो भेट । त्यस अघिसम्म  उनीहरुको सम्बन्ध के थियो भन्नेबारे परिवारजनलाई थाह छैन । भर्खर १६ पुगेर १७ मा लागेकी थिइ न् नवराजकी प्रेमिका   ।
यसैवर्ष एसईई दिने तयारीमा छिन् । नवराजले कक्षा १२ उत्तिर्ण गरेर प्रहरी सेवातर्फ प्रवेश गर्ने तयारी गर्दै थिए । नवराजकी दिदी सरिता बिकका अनुसार ति किशोरी परिवारलाई समेत आफुहरुको प्रेम सम्बन्धको बारेमा जानकारी दिने गरी त्यसै रुकुम महोत्सवमा आएको दिन नवराजको घरमा बस्न आएकी थिइन् । उनी त्यस बेला तीन दिन र  दोश्रो पटक पनि आएर चार दिन बसेर गएकी थिइन् । चैत्र महिनामा उनका भाइ पनि एक हप्ता बसेर गएका थिए ।
'त्यतिबेला तिम्रो बाबुआमाले स्वीकार गर्न सक्दैनन् भनेर हामीले सम्झाएका हौं,'  दिदी सरिताले भनिन् ,' केही हुन्न हाम्रो बुवा पनि माओवादी हो  । जातपातको कुरा गर्नु हुन्न । अहिले भर्खरै हामीले विवाह गर्दैनौं, ८ वर्षपछि गर्ने हो भन्दै थिइन् ।'
ति किशोरीका बाबुले पनि आफूले जातीय कारणबाट उनीहरुको सम्बन्ध टुटाउन नचाहेको बताए । उनले भने, 'त्यसो होइन छोरीको उमेर भर्खर अहिले १७ वर्षको भयो । यसपाली एसईई दिने तयारीमा छ । त्यसैले मैले अहिले विवाह नगर भनेको हुँ ।'
'केही दिन यतादेखि ती दुई बीचको सम्बन्ध टाढिएका थियो ।  उसको फोन ब्लक गरेर बसेकी थिइन् ।   उसले बोलाएर होइन, उनीहरु आफै आएका हुन् । गाउँलेहरुलाई मेरी श्रीमतीले नबोलाएको भए यत्तिका जन जुटेर आएकाहरुले हामीलाई नै मारेर फल्थे । त्यसैले गाउँले लखेट्ने क्रममा आफै भेरी नदीमा हामफालेको हुन्,' उनको यस्तो जिकिर थियो ।
उनले गत वैशाख १७ गते पनि नवराज र उनका केही साथीहरु छोरी बसेको कोठामा आएर ढुंगा फालेको थाह पाएपछि प्रहरी बोलाएर पठाएको बताए । ती किशोरीकी आमाले पनि आफुहरुलाई ती केटाहरूले मार्ने डरले गाउँले बोलाएको बताइन् ।
छोरी र  उनको सम्बन्ध पहिल्यै  छुटिसकेको उनको भनाइ थियो । ती किशोरीले पनि आफुले नबोलाएको दावी गरिन् । ‘मैले बोलाएकी होइन ऊ आफै आएको हो ।  मेरा  उससँग सम्बन्ध थियो ।  फागुन महिनामा म उसको घरमा बस्न गएकी पनि हुँ । म सरी भन्छु  । हो केहि समयसम्म म उसँग नजिक थिएँ तर पछि मन परेन र छाडेकी हुँ,' उनले भनिन् ।
पेटमाबच्चाभनेकोसमेतसुनिन्आमाले
मृतक नवराज बिककी आमाले आफूले पनि ती किशोरीलाई घरमा आउँदा निकै सम्झाएको बताइन् । 'तिमीहरु ठकुरी ठूला जातका हामी दलितसँग विवाह गर्न राम्रो हुन्न भन्दा पनि दुबैले मानेनन् । म शनिवार घर भएको भए मैले जानै दिँदैन थिएँ । पहिला गयो र प्रहरीलाई बुझाए फेरि त्यस्तै गर्लान् भनेर मैले रोक्ने थिएँ । त्यो केटीले लिन बोलाएकी छ जाऊँ भनेछ र साथीहरु लगेर गएछ  । त्यो केटीको घर नपुग्दै मेरो छोरालाई गाउँलेहरुले घेर्दै कुट्दै गरेर भेरी नदीमा फाले छन्,' नवराजकी आमाले भनिन् । उनले केही दिनअघि मात्र घरमा  नवराज र ती किशोरी बीच फोनमा कुरा भएको सुनाइन् ।
'मेरो बाबु आमाले अन्तै बिहे गराइदिन लागेका छन् । पेटमा छ भन्दै थिइन् । यताबाट छोराले मेरो बच्चा मलाई चाहिन्छ । अरु मलाई केही चाहिँदैन  भन्दै थियो,' उनले भनिन् ।
नवराजकी दिदी सरिताले पनि  भाइ नवराज र उनकी  प्रेमिकाले फोन र च्याट गरिरहने बताइन् । मृतकका बाबु मुनलाल बिकले  छोरालाई हत्या गरेरै भेरी नदीमा फालेको आरोप लगाए ।
'एउटा मात्र छोरा थियो । प्रहरीमा भर्ती हुन थालेको थियो  । हामी गरिब दलित हौं । उनीहरु ठकुरी त्यो केटीसँग सम्बन्ध राख्न छाड भनेकै हौं । तर मानेर अहिले ज्यानै हाली दिए,' बाबु मुनलालले  भने ।
मृतकका फुपाजु भरत बिकले पनि नवराजलाई हत्या गरेरै भेरी नदीमा फालेका हुन सक्ने आशंका जताए ।
जाजरकोट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा दर्ता गराउने सहमति नभएसम्म आफूहरुले शव नबुझ्ने मृतककी दिदी सरिता बिक बताउँछिन् । राष्ट्रिय दलित साझा नेटवर्क नेपालको केन्द्रीय कार्यालयले घटना निन्दनीय भएको र  गम्भीर छानविन गरि दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

Saturday, May 23, 2020

'यु आर ग्रेट' मनिषा !

भारतीय टेलिभिजनमा नेपालबारेको 'बडी खबर' प्रशारण भइरहेका छन्  । सीमा विवादका सन्दर्भमा भारतीय टेलिभिजनमा आएका एकलौटी अन्तरवार्ताहरूमा नेपाली र भारतीय नागरिकहरूको एकप्रकारको 'भर्चुअल वार' भैरहेको छ । शायद भूकम्पपश्चात भारतीय मिडियामा नेपालबारेका सामग्रीहरू यतिधेरै प्रसारित भैरहेको यो नै पहिलोपटक हुनुपर्छ । भारतको मूलधारको पत्रिका हिन्दुस्तान टाइम्सले त 'नेपाल सुड रिकाउन्सिल टु रियालिटी' शीर्षकमा सम्पादकीय नै लेख्यो । 
भारतीय थिङ्क ट्याङ्क, दक्षिण एसियाका विज्ञ तथा नेपाल मामलाका विशेष जानकार  एसडी मुनी सदाजस्तै नेपालको आन्तरिक राजनीतिको खिचातानीलाई चिनियाँ कार्डको बिल्ला भिराउन आइपुगे । जबकि चीन भारतसँग व्यापार घाटा सहेर नेपाललाई बोक्न चाहन्न भन्ने कुरा मुनीलाई पनि अवगत नै छ । टेलिभिजनमै भारतीय सेनाका पूर्व जर्नेल जीडी बक्सी देखा परे । घाँटीको नशा फुलाउँदै आईवीपी न्यूज च्यानलसँग कुरा गर्दै बक्सीले समेत मुनीले जस्तै नेपाललाई चीनले उक्साइरहेको बताए । कांग्रेस आईको जमानमा माओवादीलाई उकासिएकाले यस्तो परिणाम आएको उनको कथन थियो । 
अचानक अर्को डाइलग आयो भारतीय मिडियामा । जुन डाइलगले पंक्तिकारलाई यो स्तम्भ लेखिन बाध्य गरायो । आक्रोशलाई शब्दमा बदल्यो भने मन शान्त हुन्छ । ओठभरी अत्यधिक लिपिस्टिक दलेकी प्रस्तोता भन्दै थिइन्- 'ए  मनिषा कोइराला खाती हे भारत में, लेकिन गाना गाती हो नेपालको ।'  उनी थप्दै गइन्, 'मनिषाको भारतीय जनताने प्यार दिया, नाम दिया, सुपरस्टार बनाया, पैसा दिया लेकिन मनिषाने ए क्या दिया ?' उनको यस प्रकारको संकीर्ण सोचका उपर भारतीय केही कट्टर राष्ट्रवादी युवाहरू कमेन्टमा लेख्दै थिए, 'मनिषाका फिल्म बहिस्कार करो, यिनको नेपाल भेजो ।' 
यसप्रकारको भारतीय मिडियाको पारो ह्वात्तै बढ्यो । नेपाली मिडियाहरू हेरेकोहेर्‍यै भए । डिफेन्समा उत्रिन सकेनन् । बरु पाकिस्तानी मिडियाहरूले नेपालको साथ दिए । उनीहरूले टेलिभिजनमा भनेका छन् कि 'नेपालको बजरियाजमने भारतीय सीमा नाकामे फौज भेजा ।' नेपालको प्रधानमन्त्रीले फौज भेजे कि भेजेनन् त्यो अलग कुरा भयो । तर नेपालकी चेली, पूर्व प्रधानमन्त्री विपी कोइरालकी नातिनी एवं बलिउडकी लोकप्रिय अभिनेत्रीले गरेको एउटा रि-ट्वविट सीमा नाकामा मात्र हैन नेपालको फौज दिल्लीसम्मै पठाएजस्तो भयो । 

Advertisement

मनिषाको त्यो रि-ट्विटले सिंगो भारत नै हल्लायो । वान मेन आर्मीको रूपमा मनिषा अचानक नेपाली जनताको मनमा राहत बनेर आइपुगिन् । किनकी भारतीय मिडियाको हर्कत सुनेर नेपाली जनताहरूको 'मोरल डाउन' भएको थियो । जब मनिषाको इन्ट्री भयो, नेपाली युवाहरूको शिर ठाडो भयो । नेपाली मिडिया पनि तात्यो । सामाजिक सञ्जाल पनि तात्यो । सबैभन्दा धेरै त भारतीय मिडिया नै तात्यो । यसबाट थाहा हुन्छ, मनिषाको उपस्थिति कति गर्विलो भयो भन्ने कुरा । नेपालका प्रधानमन्त्रीको कुरा नसुन्ने भारतीय मिडियाले मनिषाको रि-ट्वविटलाई खुब महत्त्व दियो । यसबाट थाहा हुन्छ, यो देशको अस्मिता केवल नेताले मात्र हैन, कलाकारले पनि जोगाउनु पर्दछ । 
सुधिर चौधरीजस्ता ख्याती प्राप्त पत्रकारहरूले समेत एउटा कलाकारको देश हुन्छ, माटो हुन्छ, मातृभूमिको पहिचान हुन्छ भन्ने बिर्सेर अत्यन्तै भ्रमपूर्ण विश्लेषण गरे । उनको विश्लेषण थियो- 'मनिषा भारतमा बस्छिन्, भारतमा पैसा कमाउँछिन्, भारतका जनताले उनलाई नाम दिए तर नेपालको समर्थन् गर्छिन् ।' अध्ययनशील, भलाद्मी तथा  एक अनुभवी पत्राकार समेत पहिचान बटुलेका चौधरीले यतिसम्म भ्रमपूर्ण प्रचारवादी गरे कि,  'अंग्रेजको फौज काठमाडौंसम्म पुगेको थियो'  भनेर कुतर्क गरे । जम्मू काश्मीरमा गोर्खा सेना तैनाथ छन् र भारतलाई जोगाउन नेपालीहरूले धेरै रगत बगाएगा छन् भन्ने यथार्थ बिर्सेर उनले नेपाली सेना र भारतीय सेनाको शक्तिको तुलनासमेत गर्न भ्याए, र सबैकुरा चीनमा लगेर थोपार्न पुगे ।
एक महिला टेलिभिजन प्रस्तोताले बलिउड अभिनेत्री मनिषा कोइरालालाई 'खाती पिती हे भारतका लेकिन गाना गाती हे नेपालका (कतिले त चीनका)' सम्म भन्न भ्याए । यस्ता टिप्पणीहरूबाट थाहा हुन्छ, भारतीय पत्रकारिताको अन्धो राष्ट्रवाद । उनीहरूलाई थाहा हुनुपर्ने हो– संसारभरी छरिएर रहेका भारतीयहरूले अनेकौं क्षेत्रमा नाम कमाएका छन्, पैसा कमाएका छन्, तर जब भारतीय स्वाभिमानको प्रश्न उठ्छ, जम्मूकाश्मीरको प्रश्न उठ्छ उनीहरू एकजुट नै हुन्छन् । गूगलका सीईओ सुन्दर पिचाई पनि भारतीय नै हुन् भनिन्छ । के उनी गूगलमा सीईओ हुँदैमा, अमेरिकामा बसेर खाँदैमा, अमेरिकामा काम गर्दैमा भारतविरोधी हुन सक्छन् र ? के प्रियंका चोपडा हलिउड फिल्ममा अभिनय नगरेको हो र ? पक्कै पनि सक्दैनन् । 
बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला बलिउडका लागि चर्चित भएपनि उनी नेपाली थिइन् । उनको देश नेपाल थियो । उनको माटो नेपाल थियो । उनको मातृभूमि नेपाल थियो । उनको परिचान नेपाली थियो, हो र यसकारण नेपालले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई रि–ट्विट गरेकी थिइन् । उनले बलिउड फिल्म जगतकी चर्चित अभिनेत्री मनिषाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई रि–ट्विट गरेकी थिइन् । उनले जम्माजम्मी क्याप्सनमा यति लेखेकी थिइन् कि ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं । हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद ! अब हामी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।'  यहाँ बुझ्न नसकेको कुरा मनिषाको यस प्रकारको सामन्य देशभक्तिको  कुरा भारतीय मिडियाहरूका लागि किन निको लागेन ? 
जब कि, सीमा विवादबारे यथार्थलाई केलाउँदा तथ्य र प्रमाणहरूलाई अगाडि ल्याउँदा पनि नेपालले आफ्नो भू–भागको दाबी गरेको हो, जुन सामान्य हो । नेपाल र भारतबीच १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नै नेपालको पश्चिमी सीमाको रूपमा निर्धारित भएको छ । लिम्पियाधुराबाट उत्पन्न काली नदी सीमा भएकाले त्यसको निकै पूर्वतिर पर्ने लिपुलेक स्वतः नेपालको रहेको छ । नेपाल र चीनबीच १९६१ अक्टोबर ५ मा भएको सीमा सन्धिको दफा १ को उपदफा (१) मा लेखिएको छ– ‘नेपाल–चीन सीमा रेखा काली नदी र टिंकर नदीको पानी ढलो तथा कर्णाली (मापचू) नदीका सहायक नदीहरू र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ, त्यहाँबाट यो दक्षिण पूर्वतर्फ कर्णाली (मापचू) नदीका सहायक नदीहरू तथा टिंकर नदी र काली नदीका पानी ढलो हुँदै लिपुधुरा (न्यूमचिसा) हिमालको श्रृंखला र लिम्पियाधुरा (टिंकर लिपू) भञ्ज्याङसम्म जान्छ  । यसरी लिपुलेक नेपालको हो भन्ने प्रस्ट देखिन्छ ।
युएस आर्मीले वासिंटनबाट १९५४ मा निकालेको नन्दादेवी–मानसरोवर शीर्षकको नक्सामा लिम्पियाधुराबाट निस्केको कुटीयाङ्दी लेखिएको छ  । कुटीयाङ्दी भनेकै काली नदी हो । १९६७ मा सोभियत संघबाट प्रकाशित ‘वर्ल्ड एटलस’ द्वितीय संस्करणमा लिम्पियाधुराबाट उद्गम नदीलाई काली नदी लेखिएको छ ।
भारत, बेलायत, अमेरिका, रुसलगायतका अन्तर्राष्ट्रिय नक्साहरूलाई आधार मान्ने हो भने काली नदी नेपाल–भारतबीचको सीमा नदी भएकाले पूर्वतर्फ पर्ने लिपुलेक स्वतः नेपालभित्र पर्दछ ।
तर यो यथार्थ भारतलाई निको लागेन । भारतले नेपालले एकतर्फी रूपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ  । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रूपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘नेपालले आज एक संशोधित नक्सा सार्वजनिक गरेको छ  । जसमा केही भारतीय भूमि पनि समेटिएको छ  । यो एकतर्फी कदम हो र यो ऐतिहासिक तथ्य र प्रमाणमा आधारित पनि छैन  ।' उनले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने बताएका छन् । तर के उनीहरूले नमान्दैमा हाम्रो भूमीमाथि हस्तक्षेप गर्न पाउँछन् ? पक्कै पाउँदैनन् । हामी आ-आफ्नो स्थानबाट भारतको त्यसप्रकारको हस्तक्षेपविरुद्ध खडा हुनुपर्छ । 
जस्तो कि मनिषा कोइरालाले आफ्नो कार्यका दौरान जहाँ भएपनि उनको रगतमा नेपालीपन छ, भन्ने आज प्रमाणित गरिन् । त्यसरी नै विश्वभरीका नेपालीहरू एकजुट हुनु आवश्यक छ । सैन्य शक्तिको दृष्टिले, आयात तथा निर्यातको कोणबाट, जीडीपीको दृष्टिले, जनसंख्या तथा भूगोलको  क्षेत्रफलको हिसाबमा हामी भारतभन्दा सानो छौं होला तर हाम्रो स्वाभिमान सानो छैन । क्यान्सरसँग लडेर जितेकी देशभक्त मनिषालाई शायद भारतीय मिडियाहरूको छुद्र अपमानले छुँदैन किनकी उनी एक नायिका मात्र हैन,  पूर्वप्रधानमन्त्री एक आदर्शवान राजनेता बीपी कोइरालाकी नातिनी पनि हुन् । मनिषालाई एक नायिकको रूपमा मात्रै चिन्नु भारतीय मिडियाको गल्ती हो । मनिषाको नशा-नशामा अभिनय मात्र हैन, राजनीति र देशप्रेम पनि बग्दछ भन्ने कुरा सम्पूर्ण भारतले बुझ्नु जरुरी छ । अनेकौं आलोचना सहेर पनि आफ्नो मातृभूमिको माटोलाई माया गर्ने प्रिय अभिनेत्री मनिषाको देशभक्तिपूर्ण भावनाबाट हामीले देशको माटोको महत्व कति छ त्यो बुझ्नुपर्छ । 
यु आर ग्रेट मनिषा !

Thursday, May 21, 2020

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारु आफैं क्वारेन्टाइनमा : क्वारेन्टाइनमा बसेको पाँच दिनपछि स्वाब संकलन

बाँके । भारतमा मजदुरी गर्न गएका नरैनापुरका नागरिकहरुसँगै राप्तीसोनारीका युवाहरु पनि सँगै आएका थिए । उनीहरु नरैनापुरको सीमा नाकामा दुई दिनदेखि अलपत्र परेको खबर आइतबार राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुलाई जानकारी आयो ।
भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकाका विभिन्न नाकामा आफ्ना नागरिक अलपत्र परेको खबरसँगै वडाध्यक्ष रामलखन थारु उनीहरुको उद्दारका लागि त्यसतर्फ लागे । कोरोना संक्रमणकै कारण मृत्यु भएका युवकसँगसँगै आएका उनीहरुको सीमाबाट उद्दार गरेर राप्तीसोनारी–७ मा रहेको क्वारेन्टाइनमा राखियो ।
आफै नरैनापुर र जमुनाहा नाका पुगेर भारतबाट आएका नेपालीहरुको उद्दार गरेर क्वारेन्टाइनमा राखेका थिए । वडाध्यक्ष थारु सोही दिनदेखि नै उनीसँगै क्वारेन्टाइनमा बस्दै आएका छन् । ‘भारतबाट आएका नागरिकको उद्दारमा प्रत्यक्ष रुपमा खटिएकोले उहाँहरुसँगै क्वारेन्टाइनमै बसेको हुँ,’ उनले भने ।
अलपत्र परेका नागरिकहरुको उद्दारमा खटिँदा आफू पनि केही समयसम्म उनीहरुको सम्पर्कमा रहेपछि क्वारेन्टाइनमै बसेको उनले बताए । उनले भने, ‘त्यो दिनदेखि घर नगएर क्वारेन्टाइनमै बसेको छु । यसले आफुलाई पनि सुरक्षित हुन मद्दत पुर्याएको छ भने क्वारेन्टाइनमा रहेका नागरिकलाई समेत आत्मबल मिलेको छ ।’
आइतबार नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका युवासँगै आएका आफ्ना वडा नागरिकहरुलाई सीमाबाट उद्दार गरेर सोही वडाको सोनपूर्वास्थित नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा राख्ने क्रममा युवाहरुको सम्पर्कमा आएका कारण सोही क्वारेन्टाइनमा बसेको वडाध्यक्ष थारुले बताए ।
‘आफु स्वयं उद्दार गरेर ल्याएका नागरिकसँग क्वारेन्टाइनमा बसेपछि उहाँहरु समेत खुसी हुनुभएको छ,’ उनले भने । उक्त क्वारेन्टाइनमा वडा नंं.७ का ६७ जना नागरिकहरु बस्दै आएका छन् । क्वारेन्टाइनमा बसेको पाँच दिनपछि आज सबैको स्वाब संकलन गरिएको छ ।
‘क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरिएको छ,’ वडाध्यक्ष थारुले भने, ‘यहाँ बसेकाहरु मृतक युवासँगै आएकाले सबैजना त्रसित बन्नुभएको छ । म आफै पनि यहाँ रहेकाले उहाँहरुलाई सान्त्वना मिलेको छ ।’ उक्त क्वारेन्टाइनमा वडापालिकाले खाने, बस्ने र सुत्ने राम्रो व्यवस्थापन गरेको छ । क्वारेन्टाइनमा रहेका सबै भारतबाट आएका हुन् ।

Tuesday, May 19, 2020

कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सेतोपाटीलाई जानकारी दिए। 
'१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको। थप कुरा बुझ्ने काम भइरहेको छ,' मन्त्री बरालले भने। 
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। 
सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो। 
मृतक पेशाले शिक्षक थिए। उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ। 
नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन्।

Monday, May 18, 2020

बाँकेको नरैनापुरमा थप १२ जना संक्रमित, संक्रमितको संख्या ३७५ पुग्यो


काठमाडौं : नेपालमा थप १८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार सोमबार साँझ थप १८ जना नयाँ संक्रमित थपिएका हुन्।
धनुषाका २ पुरुष, खोटाङ हलेसीका एक पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबिस-१ का एक पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष रहेको अधिकारीले बताए।
योसँगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ। सोमबार मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अन्तरालमा प्रति घण्टा तीन जनामा कोरोना संक्रमण फैलिएको छ।
सोमबार बिहान र दिउँसो गरी बाँकेमा ४७ जना, रौतहटका ८, बाराका  १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ जना कोरोना संक्रमित भएका थिए।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा  र बाँकेमा  गरी दुई जनाको मृत्यु भएको छ।

गुल्मीमा पनि देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए । - Online Khabar

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । -Online Khabar

Friday, May 15, 2020

देशलाई कोरोनामुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता

२ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुन पनि ज्यान जाने अवस्था आउन नदिने बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताइन् ।
उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताइन् ।
त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उनले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताइन् ।
त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

Thursday, February 14, 2019


Contact us

Email : skcsirish@gmail.com Cell : 9848133467, 9814558949