Graphic Designer


Monday, May 18, 2020

बाँकेको नरैनापुरमा थप १२ जना संक्रमित, संक्रमितको संख्या ३७५ पुग्यो


काठमाडौं : नेपालमा थप १८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार सोमबार साँझ थप १८ जना नयाँ संक्रमित थपिएका हुन्।
धनुषाका २ पुरुष, खोटाङ हलेसीका एक पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबिस-१ का एक पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष रहेको अधिकारीले बताए।
योसँगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ। सोमबार मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अन्तरालमा प्रति घण्टा तीन जनामा कोरोना संक्रमण फैलिएको छ।
सोमबार बिहान र दिउँसो गरी बाँकेमा ४७ जना, रौतहटका ८, बाराका  १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ जना कोरोना संक्रमित भएका थिए।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा  र बाँकेमा  गरी दुई जनाको मृत्यु भएको छ।

0 comments:

Post a Comment

Contact us

Email : skcsirish@gmail.com Cell : 9848133467, 9814558949