Graphic Designer


Sirish Chaudhary

In office time. enjoy the life.

Enjoy with Friends

Friends are most be honest. i think that.

Friend forever

Enjoy with friends.

Ram Kumar Tharu

Graphic Designer

My smile

Hi guys how are you ?

Monday, May 18, 2020

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । -Online Khabar

Friday, May 15, 2020

देशलाई कोरोनामुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता

२ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुन पनि ज्यान जाने अवस्था आउन नदिने बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताइन् ।
उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताइन् ।
त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उनले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताइन् ।
त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

Thursday, February 14, 2019


Saturday, January 12, 2019

थारु बस्तीमा माघीको रौनक (फोटो फिचर)

माघे सक्रान्ति आउन दुई दिन बाँकी छ । अन्य समुदायले माघे सक्रान्तिका लागि तरुल, गन्जी, सखरखण्डको जोहो गर्न भ्याएका छैनन् । तर, पश्चिम तराईका थारु बस्तीमा माघीको रौनक छ । माघी पर्वको अवसरमा पश्चिम तराईका गाउँ–गाउँमा माघी महोत्सव र माघी मिलन कार्यक्रम भइरहेका छन् । यसले पश्चिम तराईका थारु बस्तीमा माघीको रौनकता थपेको छ । अन्य समयमा सुनसान रहने थारु बस्ती माघी महोत्सव र माघी मिलन कार्यक्रमले भरिभराउ भएका छन् ।

(थारु गोचाली समाजले फत्तेपुरमा आयोजना गरेको माघी महोत्सव उद्घाटन कार्यक्रममा सहभागी थारु अगुवाले संस्कृति, संस्कार, भेषभुषा, रितिरिवाज जिवित रहेमात्र थारु समुदायको पहिचान रहने बताए । महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले संस्कृति, भेषभुषा र रितिरिवाज नभएको समुदायको कुनै अर्थ नरहने बताए । 
उनले रितिरिवाज, संस्कार, परम्परा, भेषभुषा समुदायको गहना भएको बताउँदै उनले समाजलाई सिंगार्ने काम समुुदायको भेषभुषा र संस्कृतिले गर्ने धारणा राखे । 
‘भेषभुषा र संस्कृति नभएको समुदाय पानी बिनाको नदी जस्तै हो,’ उनले भने । 
उद्घाटन समारोहमा कौशल्या मेमोरियल अस्पताल कोहलपुरका प्रवन्ध निर्देशक चन्द्रबहादुर महतोले संस्कृतिले नै समुदायको पहिचान र अस्तित्व जोगाउने भएकोले सवैले आ–आफ्नो ठाउँबाट संस्कृति संरक्षणमा लाग्नु पर्ने बताए । उनले थारु समुदायको संस्कृति, भेषभुषा, रहनसहन पछिल्लो समय हराउँदै गएकोमा चिन्ता ब्यक्त गरे । उनले थारु संस्कृतिलाई पश्चिमा संस्कृतिले थिच्दै लगेको बताए । ‘यसैगरी थारु संस्कृति थिचिदै गए केहि बर्षपछि इतिहासका पानामा खोज्नुपर्ने बेला आउने छ,’ उनले भने । 
थारु गोचाली समाजका अध्यक्ष देखलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेताहरु चन्द्रबहादुर थारु, सुरेश थारु, चन्द्रप्रकाश शर्मा, राप्तीसोनारी गाउँपालिकाका वडा ६ का अध्यक्ष जनकबहादुर थारु, वडा नं. ७ का अध्यक्ष रामलखन थारु, वडा नं. ३ का अध्यक्ष कान्छा थारु लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
महोत्सव सोमवारसम्म संचालन हुने अध्यक्ष देखलाल थारुले जानकारी दिए । महोत्सवमा ढिक्री, घोंघी, गंगटा लगायतका परिकार राखिएका छन् ।)


माघी महोत्सवले हराउँदै गएको थारु संस्कृति, संस्कार र भेषभुषा संरक्षण तथा प्रवद्र्धनमा टेवा पुगेको छ । थारु संस्कृति, संस्कार र भेषभुषा संरक्षण गर्न बाँकेको विकट क्षेत्र फत्तेपुरका यूवाले माघी महोत्सव आयोजना गरेका छन् ।
तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन राप्तीसोनारी गाउँपालिका वडा नं. ६ र ७ का यूवायूवती, बालबालिका, जेष्ठ नागरिक थारु पहिरनमा सजिएर महोत्सवमा सहभागी भए । कहिलै थारु पहिरन नलगाएका यूवती थारु पहिरनमा सजिएर महोत्सवमा सहभागी भएको राप्तीसोनारी गाउँपालिका–६, सिधनवाकी सुस्मिता थारुले बताइन् ।
उनले माघी महोत्सवले थारु पहिरन लगाउन प्रेरणा दिएको बताउँदै उनले पछिल्लो समय चाडपर्वमा मात्र थारु पहिरन लगाउने गरेको बताइन् । विद्यालयमा अध्ययनरत साथीसंगी मिलेर थारु पोशाक सिलाएको बताइन् । ‘थारु संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने लागेर थारु पोशाक सिलाएका छौँ,’ उनले भनिन्, ‘चाडपर्वका बेला उक्त पोशाक लगाएर प्रदर्शन गर्छौँ ।’
सिद्धेश्वर मावि, सिधनवामा कक्षा ११ मा अध्ययनरत मनप्यारी थारु पनि थारु पोशाकमै माघी महोत्सवमा सहभागी भइन् । उनले थारु संस्कृति जोगाउन चाडपर्वमा थारु पोशाक लगाउने गरेको बताइन् । ‘पूर्खाको सीप, कला र संस्कृतिको संरक्षण नगरे थारु समुदायको पहिचान हराउन हराउने डर छ,’ उनले भनिन् ।
माघीको अवसर पारेर थारु कल्याणकारिणी सभा दाङले सदरमुकाम घोराहीमा बृहद माघी महोत्सव आयोजना गरेको छ । भने, दाङकै दंगीशरण गाउँपालिकाले पनि हेकुलीमा दुई दिने माघी महोत्वस आयोजना गरेर हराउँदै गएको थारु संस्कृति र परम्परा जोगाउने प्रयास गरेको छ । महोत्सवले थारु संस्कृति संरक्षणमा टेवा पु¥याएको राप्तीसोनारी गाउँपालिका–७ का अध्यक्ष रामलखन थारुले बताए ।
उनले थारु संस्कृति, भेषभुषा चाडपर्व र महोत्सवमा सिमित भएको बताउँदै उनले थारु भेषभुषा चाडपर्वमा सिमित भइसकेको बताए । ‘यूवायूवतीले चाडपर्व बाहेक अन्य समयमा लगाउँदैनन्, बुढापाकाले पनि थारु पहिरन लगाउन छोड्न थालिसकेका छन,’ उनले भने ।

Thursday, December 27, 2018

गजल

जिउन जान्नेहरू जिन्दगी सरल सम्झन्छन।
स-सानो झुपडीलाई पनि महल सम्झन्छन॥
आवरा हुन सिधासाधाहरु लाई मान्छे नगन्ने,
बुद्धिजीवी ले त उसलाई असल सम्झन्छन।
मान्छेको भिडमा नपोख्नु आफ्ना पिडाहरु,
मुसुक्क हाँसी काल्पनिक गजल सम्झन्छन।
पुरुषको प्रगति लाई सम्मान गर्ने समाजले,
नारीको हकमा मुस्कानको फल सम्झन्छन।
जो जो ले समाजमा विकृति ल्याएका छन,
उनिहरुले नै आफु लाई अब्बल सम्झन्छन।
भुइँ छाड्न नपाउँदै टुप्पोमा पुगेका हरूले,
आफ्नो अौकातलाई नै धरातल सम्झन्छन॥

Tuesday, October 9, 2018


Friday, June 22, 2018

Sirish

म आफ्नो जिन्दगी नितान्त आफ्नो तरिकाले जिरहेको छु तर यो समाजको प्रत्येक प्रश्नको चित्त बुझ्दो जवाफ दिउँ कसरी 

Thursday, June 21, 2018

Bahrakune Talll, Dang


Sirish Creative Logo


Contact us

Email : skcsirish@gmail.com Cell : 9848133467, 9814558949