तिमी को थियौ
तिमी को थियौ म को थिएँ नाता जोडियो पैसाले
मनभन्दा धन ठुलो रैछ नाता तोडियो पैसाले
दुइटा मुटु एउटै थियो यात्रा हाम्रो सँगसँगै
दोबाटो आयो कतिखेर बाटो मोडियो पैसाले
मिलन अमर थियो हाम्रो फलाम र चुम्बक झैँ
नहुनु भयो कतिखेर माया छोडियो पैसाले
ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा
ठक्कर खायो कतिखेर मुटु फोडियो पैसाले
गजल






0 comments:
Post a Comment