जिउन जान्नेहरू जिन्दगी सरल सम्झन्छन।
स-सानो झुपडीलाई पनि महल सम्झन्छन॥
आवरा हुन सिधासाधाहरु लाई मान्छे नगन्ने,
बुद्धिजीवी ले त उसलाई असल सम्झन्छन।
मान्छेको भिडमा नपोख्नु आफ्ना पिडाहरु,
मुसुक्क हाँसी काल्पनिक गजल सम्झन्छन।
पुरुषको प्रगति लाई सम्मान गर्ने समाजले,
नारीको हकमा मुस्कानको फल सम्झन्छन।
जो जो ले समाजमा विकृति ल्याएका छन,
उनिहरुले नै आफु लाई अब्बल सम्झन्छन।
भुइँ छाड्न नपाउँदै टुप्पोमा पुगेका हरूले,
आफ्नो अौकातलाई नै धरातल सम्झन्छन॥
Thursday, December 27, 2018
Contact us
Email : skcsirish@gmail.com Cell : 9848133467, 9814558949







thank you
ReplyDelete